नेपाल आयो फोर्डको नेक्स्ट जेनेरेसन पिकअप र्‍याप्टर, मूल्य २ करोड १५ लाख रुपैयाँ



बिजमाण्डू
२०७९ कात्तिक २४ गते १२:५७ | Nov 10, 2022


नेपाल आयो फोर्डको नेक्स्ट जेनेरेसन पिकअप र्‍याप्टर, मूल्य २ करोड १५ लाख रुपैयाँ


काठमाडौं। फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ फोर्डले पीकअप र्‍याप्टर नेक्स्ट जेनेरेशन मोडल नेपाल ल्याएको छ। कम्पनीले बुधबार सो र्‍याप्टर नेक्स्ट जेनेरेशन मोडल नेपालमा बिक्री सुरु गरेको हो।

Tata
Global Ime

कम्पनीले यसको मूल्य २ करोड १५ लाख रुपैयाँ तोकेको छ। कम्पनीका अनुसार यो दुई वटा युनिट मात्रै नेपाल ल्याइएको छ। अर्को लटमा केही युनिट गाडी नेपाल आउने कम्पनीले जनाएको छ। यो पिकअप अफरोड प्रयोगको लागि डिजाइन गरिएको फोर ह्वील ड्राइभ स्ट्याडर्ड उपलब्ध भएको गाडी हो।

गाडीमा अफरोड क्रूज कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेकिङ बुस्टर, १२ इन्चको पोर्टेड टचस्क्रिन इन्फोटेन्मेन्ट, १२.४ इन्चको कस्टुमाइज डिजिटल क्लष्टर, मल्टिफङ्सनल स्टेरिङ ह्वील, प्याडल सिफ्टर, ३६० डिग्री क्यामरा, इलेक्ट्रिक पार्किङ ब्रेक, वायरलेस चार्जर लगायत फिचरहरु छन्।

यसमा ३२७० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ भने १७ इन्चको अलोय ह्वील रहेको छ। साथै यसको ग्राउण्ड क्लियरेन्स २७२ एमएम छ। यसलाई २.५ टनसम्मको तौल बोक्न र ८५० एमएम गहिरो पानीमा समेत गुडाउन सकिन्छ।

कम्पनीका अनुसार यसमा विभिन्न ७ ड्राइभ मोडहरु उपलब्ध छन्। यसमा स्टेरिङ मोड पनि तीन फरक तरिकाले छनौट गर्न सकिन्छ।