गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने, १३ प्रतिशत बोनस सेयर दिएर पुँजी वृद्धि गर्दै



बिजमाण्डू
२०७९ कात्तिक २५ गते १०:२७ | Nov 11, 2022


गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने, १३ प्रतिशत बोनस सेयर दिएर पुँजी वृद्धि गर्दै


काठमाडौं। गरिमा विकास बैंकले १३ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गतवर्षको मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई लाभांश दिने भएको हो।

Tata
Global Ime

बैंकको हाल  चुक्ता पुँजी ४ अर्ब ५९ करोड रुपैयाँ छ। यसको १३ प्रतिशत बराबर बोनस सेयर दिने भएको हो। अब बैंकको चुक्ता पुँजी ५९ करोड ६८ लाख रुपैयाँले बढ्ने छ।

बैंकले १.५० प्रतिशत नगद लाभांशसमेत दिने छ। यो नगद कर प्रयोजनका लागि समेत हो। नगद लाभांशबापत बैंकले ६ करोड  ८८ लाख रुपैयाँ वितरण गर्ने छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने छ। 

अहिले बैंकको करिब ७१ अर्ब निक्षेप र ६३ अर्ब कर्जा लगानी छ। बैंकको १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएम छन्।