कुमारी बैंक र गोंगबुस्थित हिमालयन ग्रीलबीच व्यवसायिक सम्झौता, कार्ड र क्युआर गर्दा १५% छुट



बिजमाण्डू
२०७९ कात्तिक २५ गते १५:०० | Nov 11, 2022


कुमारी बैंक र गोंगबुस्थित हिमालयन ग्रीलबीच व्यवसायिक सम्झौता, कार्ड र क्युआर गर्दा १५% छुट


काठमाडौं। कुमारी बैंक र गोंगबुमा रहेको द हिमालययन ग्रील बाइ बाजेको बीच व्यवसायिक सम्झौता भएको छ।

Tata
Global Ime

यो सम्झौतासँगै कुमारी बैंकका कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा ग्राहकले विशेष छुट पाउनेछ।

सम्झौतामा हिमालयनका तर्फबाट संचालक मौसमकुमार श्रेष्ठ र बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख अन्जना मिश्रले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्राहकले कार्ड र क्युआर गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।