जर्मन अटोमेकर बीएमडब्ल्युको कलर परिवर्तन हुने इलेक्ट्रिक कार, एपबाटै कलर परिवर्तन गर्न सकिने



बिजमाण्डू
२०७९ कात्तिक २५ गते १७:२१ | Nov 11, 2022


जर्मन अटोमेकर बीएमडब्ल्युको कलर परिवर्तन हुने इलेक्ट्रिक कार, एपबाटै कलर परिवर्तन गर्न सकिने


काठमाडौं। अहिले कारको बाहिरी कलर परिवर्तन गर्दा परम्परागत चित्रकला प्रक्रिया समावेश छ। तर यदि तपाइँ यसलाई एउटा मोबाइलमा भएको बटनको टचमा गर्न कत्तिको सम्भव होला ?

Tata
Global Ime

लामो समयदेखि यस विषयमा बीएमडब्ल्युले ई-इंक टेक्नोलोजीको सहयोगमा अनुसन्धान गरिरहेको थियो। अब भने यसमा आधारित रहेर बीएमडब्ल्युले कलर परिवर्तन गर्ने प्रोटोटाइप कार ल्याएको छ।

आईएक्स फ्लो डब गरिएको यो इलेक्ट्रिक एसयुभी प्रोटोटाइपले ई-इन्कमा पाइने इलेक्ट्रोफोरेटिक टेक्नोलोजी प्रयोग गरी यसको बाहिरी कलर तुरुन्तै परिवर्तन गर्न सकिन्छ। यो कारमा एक विशेष र्‍याप गरिएको छ जसले बिजुलीको उत्तेजना मार्फत सतहमा विभिन्न रंगको पिग्मेन्टहरू ल्याउँछ। यसलाई ई-इन्क अर्थात ई-मसी र्‍याप भनिन्छ। इलेक्ट्रिक रुपमा करेन्टको सहायताले कलर परिवर्तन गर्न सकिन्छ।

यसले गर्दा उक्त कारलाई आफ्नो मुड अनुसार जुनसुकै बेला कलर र डिजाइन परिवर्तन गर्न सकिन्छ। यो कारले दैनिक जीवनमा विभिन्न मूड र परिस्थितिहरू अनुसार विकल्पहरु प्रदान गर्छ। आईएक्स फ्लोमा अहिले कालो, सेतो र खैरो कलरमा परिवर्तन गर्न सकिन्छ।

अर्को फाइदा भनेको गर्मी तथा घाम लागेको दिनहरूमा सेतो कारहरू कालो कारहरू भन्दा चिसो रहनेछन् त्यसैले त्यस समय सेतो कलरमा परिवर्तन गर्न मिल्छ। यसले सूर्यको प्रकाशलाई प्रतिविम्बित गर्छन्।