महिन्द्राले पनि टाटा जसरी गाडी डेलिभरीको वेटिङ समय घटाउने, उत्पादन क्षमता वार्षिक ६ लाख युनिट



बिजमाण्डू
२०७९ कात्तिक २७ गते ०९:१४ | Nov 13, 2022


महिन्द्राले पनि टाटा जसरी गाडी डेलिभरीको वेटिङ समय घटाउने, उत्पादन क्षमता वार्षिक ६ लाख युनिट


काठमाडौं। महिन्द्राले पनि टाटाले जस्तै गाडी डेलिभरीको वेटिङ समय घटाउने भएको छ। महिन्द्राले आफ्नो उत्पादन क्षमतलाई बढाएर एक्सयुभी ७००, स्कोर्पियो एन र थारको डेलिभरीको वेटिङ समय घटाउन लागेको हो।

Tata
Global Ime

महिन्द्राले आगामी १२-१५ महिनामा आफ्ना लोकप्रिय एसयूभीहरूको उत्पादन क्षमता वार्षिक ६ लाख युनिटमा पुर्‍याउने घोषणा गरेको छ।

यसका साथै अब गाडी बुकिङ गरेका ग्राहकले गाडी छोटो समयमा डेलिभरी पाउने कम्पनीले जनाएको छ। यो सबै निर्यात तथा स्थानीय दुवैमा लागु हुने कम्पनीको भनाइ छ। नेपालमा भने आयात प्रतिबन्ध मंसिर मसान्तसम्म यथावत रहेकाले मंसिरपछि मात्र उक्त गाडीहरु उपलब्ध हुनेछन्।

एक्सयुभी ३०० र ४०० को उत्पादन मासिक ९ हजार ५०० युनिट पुग्नेछ। यसैगरी थारको उत्पादन मासिक ६ हजार युनिट पुग्ने छ भने स्कोर्पियो एनको उत्पादन मासिक १० हजार युनिट पुग्ने कम्पनीले जनाएको छ। यसले महिन्द्राको अहिले भइरहेको सप्लाई चेन समस्या धेरै समाधान हुने कम्पनीले जनाएको छ।

महिन्द्राको मासिक उत्पादन क्षमता २०२२ को चौथो त्रैमासिकमा २९ हजार युनिटबाट २०२४ को चौथो त्रैमासमा ४९ हजार युनिटमा पुग्ने छ। यसका लागि कम्पनीले तीन वर्षको अवधिमा भारु ७ हजार ९०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।

अब स्कोर्पियो एनको भेरियन्ट अनुसार प्रतीक्षा अवधि १५ हप्तादेखि १०५ हप्तासम्म हुन्छ। कम्पनीका अनुसार स्कोर्पियो क्लासिकको भने १२-१५ हप्तामा डेलिभर गर्न सकिन्छ। एक्सयुभी ७००को प्रतीक्षा अवधि ४-६ हप्तासम्मको हुन्छ। थारको भने ३-११२ हप्ता सम्मको समयावधिमा प्रारम्भिक रूपमा डेलिभर गर्न सकिन्छ।

गत जुलाई-सेप्टेम्बर २०२२ को त्रैमासिकमा कम्पनीले आफ्नो अहिलेसम्मकै उच्च त्रैमासिक बिक्री गरेको जनाएको छ। कम्पनीले १.७४ लाख युनिट एसयूभी बिक्री गरेको छ। यो यसको ८४ प्रतिशतभन्दा बढीको वृद्धि हो।