सुनको मूल्य फेरि लगातार उच्च, तीन महिनापछि पुनः प्रतितोला ९७ हजार नाघ्यो, चाँदी पनि बढ्यो



बिजमाण्डू
२०७९ कात्तिक २७ गते १०:५७ | Nov 13, 2022


सुनको मूल्य फेरि लगातार उच्च, तीन महिनापछि पुनः प्रतितोला ९७ हजार नाघ्यो, चाँदी पनि बढ्यो



काठमाडौं। क्रमिक उकालो लागेको सुनको मूल्य फेरि बढेको छ। साताको पहिलो दिन मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। 

Tata
Global Ime

आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको कारोबार मूल्य झण्डै महिनापछि फेरि तोलाको ९७ हजारबाट उकालो लागेको हो।

यसअघि गत साउनको अन्तिम साता प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसपछि भने घटेको थियो।

पछिल्लो २६ दिनको अन्तरालमा तोलामा ३ हजार ९ सय रुपैयाँ बढेको छ। कात्तिक १ मा सुन प्रतितोला ९३ हजार ४ सय थियो।  

गत शुक्रवार सुन तोलामा १४ सयले बढ्दा प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी ५ रुपैयाँ बढ्दा प्रतितोला कारोबार मूल्य १३ सय रुपैयाँ कायम भएको छ। शुक्रवार १० रुपैयाँले बढ्दा प्रतितोला १२ सय ९५ रुपैयाँ थियो। चाँदी पनि सर्वाधिक बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बलियो हुँदै गएको छ। गत शुक्रबार प्रतिऔंस १७५३.७५ डलर रहेको सुन आइतबार १७७०.७८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २१.७१ डलर छ।