
काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश अघिल्लो पटकभन्दा आधै घटेको छ।
आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
अघिल्लोपटक २०७२/७३ मा १० प्रतिशत लाभांश दिएको थियो। त्यसयता कम्पनी पाँच वर्षदेखि चुपचाप थियो।
कम्पनी संचालक समितिको गत शुक्रबारको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेको हो।
कम्पनीले कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
जसमा कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड १४ लाख रुपैयाँ बोनस सेयर र नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) ०.२६३२ प्रतितशतले हुने २७ लाख ५ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव छ।
साथै, नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ।