काठमाडौं। साना पसलहरूकाे खाता व्यवस्थापन गर्ने बाइट केयर टेक्नोलोजीको काराेबार एप र डेलिस डेरिजले नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले आयोजना गरेको स्टार्टअप अवार्ड २०२२ हात पारेका छन्।
त्यस्तै, साेसल इन्टरप्राइज अवार्ड भने बायाे प्लास्टिक उत्पादन गर्ने जिराे सर्कुलरले जितेको छ।
मञ्चले गत अगष्टमा अवार्डका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त १ सय ५६ स्टार्टअपहरूको आवेदनबाट शीर्ष १५ हुँदै विभिन्न चरणको एक्स्पर्ट सेसनहरूपछि शीर्ष सात स्टार्टअपहरूको छनौट भएको थियो।
शुक्रबार उत्कृष्ठ सातबीच अन्तिम प्रतिस्पर्धा भएको थियो। सातै स्टार्टअपहरुलाई आफ्नाे उद्यमबारे पाँच मिनेटको प्रस्तुति र पाँच मिनेट निर्णायककाे प्रश्नाेत्तरको अवसर दिइएको थियो।
यसपछि मञ्चले यस वर्षको उत्कृष्ट स्टार्टअपको छनाौट गरेको हो। कार्यक्रम गत शनिवार भएको थियो।
उपाधि विजेताले ४ लाख नगद, युरोप भ्रमणको दुईतर्फी टिकट लगायतका पुरस्कार पाए। यस्तै कम्पनीका सेवा र जिज्ञासाहरु अटाेमेटिक आर्टिफिसियल इन्टिलिजेन्टले जवाफ दिने च्याट बड कम्पनी दियाे एआई स्टार्टअपले प्रतियोगितामा तेस्राे स्थान हासिल गर्यो।
मञ्चले आफ्ना सदस्य, सरकारले तोकेको कार्यालयमा दर्ता भएको तथा पाँच वर्षभन्दा कम समयदेखि बजारमा रहेका स्टार्टअपहरू चयन गरेको हो। छनोट भएका स्टार्टअपहरूलाइ लगानी भित्र्याउनका लागि मेन्टरसिप र तालिम प्रदान गरिएको थियो।
यस अवार्डमा उत्कृष्ट स्टार्टअप कम्पनीले १ लाख ५० हजार, त्यस्तै दोस्रोले ७५ हजार र पिपुल्स च्वाइसले ५० हजार नगद पाउनेछन्। यस पटकको अवार्डमा दोस्रो स्थानका लागि भने कुनै घाेषणा नहुँदा पहिलोपटक दुई वटा स्टार्टअपहरू विजेता घाेषणा गरिएका छ।