कुमारी बैंकको ३ अर्ब बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत, ३० लाख कित्ता कारोबारमा आउने



बिजमाण्डू
२०७९ कात्तिक २८ गते १४:४० | Nov 14, 2022


कुमारी बैंकको ३ अर्ब बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत, ३० लाख कित्ता कारोबारमा आउने


काठमाडौं। कुमारी बैंकको ऋणपत्र दोस्रो बजार कारोबारका लागि सूचीकृत भएको छ। ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ नामक ऋणपत्र सोमबार नेप्सेमा सूचीकृत भएको हो।

Tata
Global Ime

सूचीकृत ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ। ऋणपत्रको कारोबारका लागि नेप्सेले कम्पनीलाइ 'केबीएलडी८९' सिम्बोल दिएको छ।

सो ऋणपत्र बैंकले गत भदौ १७ गतेबाट निष्कासन गरेको थियो। १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ब्याजदर ११ प्रतिशत छ।

उक्त ऋणपत्रमा बैंकले ६० प्रतिशतले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।

४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्तामा ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी सर्वसाधारणका लागि बिक्री गरेको थियो।