पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको ३ गन्तव्यमा बुद्ध एयरले उडान गर्ने, यी हुन् गन्तव्य



बिजमाण्डू
२०७९ कात्तिक २८ गते १६:०६ | Nov 14, 2022


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको ३ गन्तव्यमा बुद्ध एयरले उडान गर्ने, यी हुन् गन्तव्य


काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको तीन गन्तव्यमा नियमित उडान गर्ने भएको छ।

Tata
Global Ime

यो विमानस्थल संचालनमा आएसँगै कम्पनीले पुस दोस्रो साताबाट भारतको बनारस, दिल्ली र देहरादुन तर्फ नियमित व्यवसायिक उडान गर्ने योजना सार्वजनिक गरेको छ।

सोमबार आफ्नो व्यवसायिक योजना सार्वजनिक गर्दै कम्पनीले पोखराबाट बनारस साताको आइतबार, मंगलबार, बिहीबार र देहरादुन साताको तीनवटा उडान गर्ने जनाएको छ।

कम्पनीले दिल्ली तर्फ प्रत्येक दिन दुईवटा उडान गर्ने विज्ञप्तिमा उल्लेख छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणबाट स्लट निश्चित हुन भने बाँकी नै रहेको कम्पनीले जनाएको छ।