काठमाडौं। नेताहरुले आफ्ना मतदाताहरुलाई गाउँघर लानको लागि गाडीहरु बुकिङ गर्ने थालेका छन्। प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि नेताहरुले मतदातालाई भोट हाल्न गाउँघर फर्काउन गाडीहरु बुकिङ गर्न थालेको यातायात व्यवसायीहरुको भनाइ छ।
दसैंमा देशभरी ४०० वटा नयाँ गाडीहरु थप भएको थियो। हाल नेपालभरी सार्वजनिक सवारीसाधानहरु सानाठुला गरेर लगभग ४ लाख रहेको व्यवसायीहरुले बताए। यसले गर्दा यसपालीको चुनावमा घर फर्कने मतदाताहरुका लागि गाडीको समस्या नहुने व्यवसायीहरु बताउँछन्।
प्रत्यक जिल्लाबाट नेताहरुले यातायात व्यवसायीहरुसँग १० देखि २० वटासम्म गाडीहरु बुकिङ गर्न थालेका छन्। साथै चुनावमा प्रुचारप्रसारको लागि पनि नेताहरुले गाडीहरुले प्रयोग गरिरहेको व्यवसायीहरुको भनाइ छ।
यस्तै २८० वटा गाडी सुरक्षा कर्मीलाई मतादान केन्द्रमा लैजानको लागि खटाइएको छ। अब कात्तिक ३० र मंसिर १ र २ गते गाडीको चाप धेरै हुने व्यवसायीहरुले बताए। उनीहरुका अनुसार अबको ४ दिनमा ५ लाखभन्दा धेरै मानिसले उपत्यका छाड्नेछन्।
राजधानी काठमाडौंमा रहेका आफ्ना गाउँका मतदाता ओसार्न उम्मेदवारहरुले सबै चुनावमा गाडीको व्यवस्था गर्ने गरेका छन्। काठमाडौंको कलंकी, कोटेश्वर, बल्खु क्षेत्रमा दलका कार्यकर्ताहरुले आफ्नो पार्टीको झण्डा नै टाँगेर गाडी स्ट्याण्डबाई राखेका हुन्छन्।