मन्दीका बीच पनि हिमालयन डिस्टिलरीको नाफा २.११ प्रतिशतले वृद्धि, विक्री पनि १२ प्रतिशत बढ्यो



बिजमाण्डू
२०७९ कात्तिक २९ गते ०९:२२ | Nov 15, 2022


काठमाडौं। बजारमा  मन्दीको संकेत देखिए पनि  हिमालयन डिष्ट्रलरी २.११ प्रतिशत नाफा बढाएको छ।  पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २१ करोड ५७ लाख रुपैयाँ छ।

Tata
Global Ime

गोल्डेन ओक, ब्ल्याक ओकलगायत मदिरा उत्पादक हिमालयन डिस्टिलरी नाफा वृद्धिसहित  चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो।

कम्पनीको बिक्री १२.२९ प्रतिशतले बढेको छ। कम्पनीले साउनदेखि असोजसम्म एक अर्ब ३८ करोडको मदिरा बिक्री गरेको छ। यसमध्ये कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ अन्त:शुल्क सरकारलाई बुझाएको छ। अन्त:शुल्कको दर बढाएका कारण यसबापत सरकारको खातामा जाने पैसा १७ प्रतिशतले बढेको छ।

कम्पनीको मूल्य आम्दानी अनुपात ६० गुणा छ भने प्रति सेयर नेटवर्थ २०१ रुपैयाँमा झरेको छ। पोहोर २५५ रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ छ।

कम्पनीका अनुसार आगामी दिन चुनौतीपूर्ण देखिएको छ। चालु पुँजीको अभाव, बैंकले प्रवाह गर्ने ऋणमा कडाइ, ब्याज दरमा अत्यधिक वृद्धिजस्ता कारणले यस क्षेत्रमा लगानीको अभाव रहेको कम्पनीले जनाएको छ। साथै उपभोक्ताको क्रयशक्तिमा समेत ह्रास आएको कम्पनीको विश्लेषण छ।