
काठमाडौं। महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, शृंगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गर्दै विभिन्न छुट दिने भएको छ।
सम्झौतापछि बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा विशेष छुट पाउने बैंकले जनाएको छ।
बैंकका ग्राहकहरुले द हिमालयन ग्रिल बाइ बाजेकोका सबै सेवामा १५ प्रतिशत छुट पाउनेछन्।
यस्तै, कुन्दलिनी आयुर्वेदमा अधिकतम २० प्रतिशत, सुबाकी ब्युटी सलुनमा १० प्रतिशत, अपुलेन्स एस्थेटिक्समा १० प्रतिशत र क्रिस्टल डायगोनोस्टिकमा अधिकतमा २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ।