सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार



बिजमाण्डू
२०७९ कात्तिक २९ गते ११:१७ | Nov 15, 2022


सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार



काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो हुँदै जाँदा स्थानीय बजार पनि महँगिएको छ। सोमबार सामान्य घटेको सुनको मूल्य पुन: तोलामा एक हजार रुपैयाँले बढेको छ।

Tata
Global Ime

मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँ भएको छ। सोमबार तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको कारोबार मूल्य बलियो बन्दै बढेर प्रतिऔंस १७७२.७३ डलर भएको छ।

चाँदी प्रतिऔंस २२.०७ डलरमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतिऔंस १७५९.४५ डलर र चाँदी २१.३२ डलर थियो।