एलआइसी नेपालको नाफामा भारी गिरावट, बीमा शुल्क आर्जनसँगै जगेडा कोष पनि घट्यो



बिजमाण्डू
२०७९ कात्तिक २९ गते १३:२९ | Nov 15, 2022


एलआइसी नेपालको नाफामा भारी गिरावट, बीमा शुल्क आर्जनसँगै जगेडा कोष पनि घट्यो


Tata
Global Ime

काठमाडौं। लाइफ इन्स्योरेन्स कम्पनी नेपालको नाफा निकै घटेको छ। बीमा शुल्क आर्जन घटेको छ भने दाबी भुक्तानी बढेको छ।

चालु आर्थिक वर्ष २०७९/८० प्रथम त्रैमासमा कम्पनीले ४ अर्ब ४९ करोड रुपैयाँको खुद बीमा शुल्क संकलन गरेको छ। गत वर्ष ५ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको थियो। त्यसका अनुपातमा कम्पनीको बीमा शुल्क १४ प्रतिशतले घटेको हो।

चालु आर्थिक वर्षको प्रथम तीन महिनामा कम्पनीले ५९ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गतवर्ष सोही अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो। गतवर्षको तुलनामा नाफा ८१ प्रतिशतले कम भएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ भने अझै ३७ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

व्यवस्थापनमा १ करोड ७५ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ३५ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ। लगानी कर्जा तथा अन्यबाट १ अर्ब ८४ करोड रुपैयाँ र बीमालेख धितो राखेर कर्जाबाट ४८ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पुँजी २ अर्ब ६५ करोड  रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ सञ्चित छ। गतवर्षको तुलनामा जगेडा कोष ९ प्रतिशतले घटेको छ। जीवनबीमा कोषको आकार १७ प्रतिशतले बढेर ९७ अर्ब ५० रुपैयाँ भएको छ।

महाविपत्ति कोषमा ३६ करोड रुपैयाँ जम्मा छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.५७ रुपैयाँ र प्रतिसेयर आम्दानी ०.२२ रुपैयाँ छ।