सेयर बजार वृद्धिमा लाग्यो ब्रेक, ६.५९ अंकले घट्यो, कारोबार रकम भने एक अर्ब माथि उक्लियो



बिजमाण्डू
२०७९ कात्तिक २९ गते १५:५८ | Nov 15, 2022


सेयर बजार वृद्धिमा लाग्यो ब्रेक, ६.५९ अंकले घट्यो, कारोबार रकम भने एक अर्ब माथि उक्लियो


Tata
Global Ime

काठमाडौं। प्रिमियम कम्पनीहरुको वित्तीय विवरण निराशाजनक सार्वजनिक हुन थालेपछि सेयर बजारमा बिक्री रणनिति भारी हुन थालेको छ। उत्पादन र जीवन बीमाका इन्डष्ट्रीका लिडरहरुले वित्तीय विवरण सार्वजनिक गरे लगत्तै बजारको वृद्धि टिक्न नसकेको देखिन्छ।

सोमबारको वृद्धि नटिक्दा मंगलबार सेयर बजार ६.५९ अंक खुम्चिएको छ। कारोबार बन्द हुँदा नेप्से परिसूचक १८९७ को विन्दुमा सीमित हुन पुगेको छ। अघिल्लो दिन २१.२९ अंक उक्लिएको परिसूचकले मंगलबार ३१ प्रतिशत हिस्सा गुमाएको हो।  

मन्दी उन्मुख अर्थतन्त्रले गर्दा उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन भइरहेको अवस्था छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दो क्रममा रहेको इन्धनको मूल्यले उत्पादनको लागत ह्वात्तै बढाएको छ। अमेरिकी डलरको सटही दर पनि झन् झन् बढ्दै जाँदा कम्पनीहरु दोहोरो मर्कामा परेका छन्। 

यसै दौरान बैंकको बढ्दो ब्याजदर दोहोरो अंकमा पुग्दा सञ्चालन खर्च आम्दानीको अनुपातमा बढि हुन गएको छ। बीमा व्यवसायीहरु पोलीसी सरेन्डरको चपेटामा छन्। व्यवसाय बढाउन उनीहरु निरन्तर दबाबमा छन्। जस कारण उनीहरुले नोक्सानी व्यवस्थाका लागि अत्याधिक रकम छुट्टयाएका छन्।

बजार घट्दा बिक्रेताहरु बजारमा बढी सक्रिय हुन पुगेका छन्। कारोबार रकम एक अर्ब रुपैयाँ माथि उक्लिएको छ। सेयर बजारको वृद्धि दिगो हुने नदेखेपछि बेच्न लगानीकर्ता आतुर देखिएका हुन्।