प्रभु क्यापिटलका हितग्राहीहरुले क्रिस्टल डाइग्नोस्टिकमा २०% छुट पाउने, ल्याबमा १०%



बिजमाण्डू
२०७९ कात्तिक २९ गते १७:१३ | Nov 15, 2022


प्रभु क्यापिटलका हितग्राहीहरुले क्रिस्टल डाइग्नोस्टिकमा २०% छुट पाउने, ल्याबमा १०%


काठमाडौं।  प्रभु क्यापिटलका हितग्राहीहरुले क्रिस्टल डाइग्नोस्टिकको सेवामा छुट पाउने भएका छन्।

Tata
Global Ime

मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापछि क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। आउट सोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउने बताइएको छ। 

यो अफरबाट लाभ लिन हितग्राहीले प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्ने कम्पनीले जनाएको छ। 

सिनामंगलमा रहेको क्रिस्टल डाईग्नोस्टिक नेशनल पब्लिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो।