पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १४% ले बढ्यो, दाबी भुक्तानीमा ६६% को वृद्धि



बिजमाण्डू
२०७९ कात्तिक ३० गते ११:१४ | Nov 16, 2022


पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १४% ले बढ्यो, दाबी भुक्तानीमा ६६% को वृद्धि


काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीले सो अवधिमा ७ करोड रुपैयाँको नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड १४ लाख रुपैयाँको नाफा आर्जन गरेको थियो। कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि भएको हो।

Tata
Global Ime

कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा खुद बीमा शुल्क २१ करोड ६० लाख रुपैयाँ  संकलन गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीको बीमा शुल्क २० करोड ३५ लाख रुपैयाँ थियो। खुद बीमा शुल्क गत वर्षको तुलनामा ६ प्रतिशले बढी छ।

कम्पनीले ५ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष ३ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। कम्पनीले एक अर्ब रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ। दाबी भुक्तानी गत वर्षको प्रथम त्रैमासको भन्दा ६६ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले अभिकर्ता कमिसनमा ६९ लाख रुपैयाँ खर्च गरेको छ। व्यवस्थापन खर्चमा ७१ लाख रुपैयाँ खर्चिएको छ। लगानी कर्जा तथा अन्यबाट एक करोड ९८ लाख रुपैयाँ आय गरेको छ।

चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ रहेको कम्पनीको ४३ करोड ७७ लाख रुपैयाँ सञ्चिति छ। बीमा कोषमा ७८ करोड ७७ लाख रुपैयाँ जम्मा छ।