१३.४० अंकले बढ्दा १९११.२६ विन्दुमा उक्लियो नेप्से, कारोबार रकममा भने देखिएन उत्साह



बिजमाण्डू
२०७९ कात्तिक ३० गते १५:१५ | Nov 16, 2022


१३.४० अंकले बढ्दा १९११.२६ विन्दुमा उक्लियो नेप्से, कारोबार रकममा भने देखिएन उत्साह


काठमाडौं। बुधबार नेप्से १३.४० अंकले बढ्दा परिसूचक १९११.२६ विन्दुमा उक्लिएको छ। परिसूचक सकारात्मक बनेपनि मंगलबारको तुलनामा कारोबार रकम भने घटेको छ।

Tata
Global Ime

आज २३२ कम्पनीको २४ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबार १ अर्ब २ करोड माथिको सेयर किनबेच भएको थियो। 

आज सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइपीओ जारी गरेपछि सूचीकृत भएर मंगलबारबाट कारोबारमा आएको यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो। साथै गणपति लघुवित्तको सेयर मूल्य ७ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक, रिडी पावर कम्पनीको सेयर मूल्य पनि करिब ५ प्रतिशतले बढेको छ।

कारोबारका आधारमा आज रिडि पावर कम्पनी अग्रस्थानमा छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै यो कम्पनीको सेयर किन्नेको चाप देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ४४ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।