प्रिमियर इन्स्योरेन्सले नाफाबाट १५ प्रतिशत लाभांश दिने, १० प्रतिशत नगद घोषणा गर्‍यो



बिजमाण्डू
२०७९ कात्तिक ३० गते १७:१६ | Nov 16, 2022


काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

Tata
Global Ime

कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकको निर्णयले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रहेको छ। कम्पनीले वितरण गर्न लागेको १५ प्रतिशत लाभांशमध्ये ५  प्रतिशतले हुन आउने ६ करोड १३ लाख बराबरको बोनस सेयर वितरण गर्ने छ।

यस्तै १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल बीमा प्राधीकरण तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारी भएपछि लगानीकर्ताले पाउने छन्। 

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा १४.२४ प्रतिशत बोनश सेयर तथा ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।