कनेक्ट आइपीएसको ‘विन्टर अफर’, बैंक खातामा आधारित भुक्तानीलाई थप प्रोत्साहन गर्न ‘क्यासब्याक’



बिजमाण्डू
२०७९ मंसिर १ गते ०९:३४ | Nov 17, 2022


कनेक्ट आइपीएसको ‘विन्टर अफर’, बैंक खातामा आधारित भुक्तानीलाई थप प्रोत्साहन गर्न ‘क्यासब्याक’


काठमाण्डौं। कनेक्ट आइपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ। 

Tata
Global Ime

अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन्।  

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटक मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन्।

कनेक्ट आइपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्स्क्रिप्सन  (अधिकतम १५,००० रुपैयाँसम्म) समेत प्राप्त गर्न सक्नेछन्।    

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएस मोबाइल एप डाउनलोड गरी वा साइटमा गई नयाँ युजर बनाउन सक्छन्। एक पटकको भेरिफिकेसनपछि एक वा सोभन्दा बढी बैंक खाता लिन्क गरी अनलाइन सेल्फ  वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्ने हुन्छ। 

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक सजिलो माध्यम हो।

कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ।

यो मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा,  ट्राफिक फाइन, सेयर कारोबार लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ । 

कनेक्ट आइपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ।

कनेक्ट आइपीएस मार्फत चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५७ सदस्य बैंक वित्तीय संस्था मार्फत रु. १,१५० अर्ब बराबरको १ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौंट भइसकेको छ।