गौतमबुद्धबाट उडान गर्ने विमान कम्पनी थपिँदै, एयर अरेबिया र फ्लाई दुबईले उडान गर्ने



बिजमाण्डू
२०७९ मंसिर १ गते १०:४० | Nov 17, 2022


गौतमबुद्धबाट उडान गर्ने विमान कम्पनी थपिँदै, एयर अरेबिया र फ्लाई दुबईले उडान गर्ने


काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि फ्लाइ दुबई र एयर अरेबियाले प्रक्रिया सुरु गरेका छन्। यी कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएका छन्।

Tata
Global Ime

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवाबाट उडानका लागि कम्पनीले छलफल थालेका छन्।

'यी दुई वायुसेवा कम्पनीले भैरहवाबाट आफ्नो व्यवसायिक उडान गर्न चासो देखाउँदै आएका छन्। यी कम्पनी छलफलमा आइसकेका छन्। विमानस्थल अवलोकन अध्ययनको काम सुरु भइसकेको छ,' प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने।

यसअघि अक्टोबरबाटै नियमित उडान गर्ने घोषणा गरेको विज एयरले भने डिसेम्बरसम्मका स्थगित गरेको उनले जानकारी दिए। नेपाल वायुसेवा निगमले पनि यो विमानस्थलबाट आफ्नो व्यवसायिक उडानका लागि गृहकार्य सुरु गरेको प्रवक्ता अर्चना खड्काले बताइन्।

'भैरहवाबाट नियमित व्यवसायिक उडान सुरु गर्न निगम व्यवस्थापनले गृहकार्य सुरु गरिसकेको छ,' प्रवक्ता खड्काले भनिन्।