
काठमाडौं। मंसिर सुरु भएसँगै सुनको मूल्य घट्न थालेको छ। बिहीबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ। सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँ थियो।
चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस १७६२.९७ डलर छ। चाँदी प्रतिऔंस २१.१४ डलरमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतिऔंस १७७४.०४ डलर र चाँदीको भाउ प्रतिऔंस २१.५५ डलर रहेको थियो।