वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट प्रथम त्रैमासमा ८२ करोड संकलन, सन नेपालको अगाडि



बिजमाण्डू
२०७९ मंसिर १ गते १२:२७ | Nov 17, 2022


वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट प्रथम त्रैमासमा ८२ करोड संकलन, सन नेपालको अगाडि



काठमाडौं। जीवनबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेखबाट ८२ करोड रुपैयाँ भन्दा बढी संकलन गरेका छन्।

Tata
Global Ime

नेपाल बीमा प्राधिकरणले जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० वटा जीवनबीमा कम्पनीहरुले ८२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्।

यो अवधिमा वैदेशिक रोजगार म्यादी बीमालेखमा ११ लाख ६८ हजार २ सय ७३ वटा सक्रिय छन्। असोजमा मात्र ६३ हजार ६ सय ६५ वटा बीमालेखबाट २६ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो। 

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सबैभन्दा धेरै वैदेशिक रोजगार बीमालेख सन नेपाल लाइफ इन्स्योरेन्समा सक्रिय छन्। कम्पनीमा ६ लाख ९ हजार वटा बीमालेख जारी भएका छन्। 

ज्योती लाइफमा यो अवधिमा १ लाख ७० हजार ६ सय ३३ वटा बीमालेख सक्रिय छ। उक्त बीमालेखबाट ९ करोड भन्दा धेरै बीमाशुल्क कमाएको हो।

सिटिजन लाइफ इन्स्योरेन्सले १ लाख ४२ हजारवटा वैदेशिक बीमालेखबाट ५ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

सुर्या लाइफ इन्स्योरेन्सको १ लाख २८ हजार २ सय ८५ वटा बीमालेख जारी छ। कम्पनीले १४ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

नेशनल लाइफमा ४२ हजार ९० वटा बीमालेख सक्रिय छ। नेपाल लाइफमा ३४ हजार ९ सय ९६ वटा  बीमालेख छ। कम्पनीले २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

सानिमा लाइफमा १४ हजार ४ सय २५ वटा  बीमालेख जारी छ। कम्पनीले ६ करोड रुपैयाँ आर्जन गरेको छ।

रिलायबल नेपाल लाइफमा ८ हजार ४ सय ७८ वटा र आइएमई लाइफमा ८ हजार ३सय ८० वटा बीमालेख सक्रिय छन्। कम्पनीले उक्त बीमालेखबाट ३ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ।

प्रभु लाइफ इन्स्योरेन्समा १ सय ४४ वटामात्र बीमालेख सक्रिय छन्। कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। लाइफ कर्पोरेशन नेपालमा ७ वटा बीमालेख जारी भए पनि सक्रिय छैन।

बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख 'पुल'मार्फत गर्दै आएका छन्। हाल संचालन रहेका १९ जीवन बीमा कम्पनीमध्ये १७ वटा कम्पनीले वैदेशिक रोजगार बीमा गर्दै आएका छन्।