मुक्तिनाथ र हिमालयन ग्रीलबीच सम्झौता, बैंकका भिसा कार्ड र मोबाइल भुक्तानीमा १५% छुट



बिजमाण्डू
२०७९ मंसिर १ गते १४:४८ | Nov 17, 2022


मुक्तिनाथ र हिमालयन ग्रीलबीच सम्झौता, बैंकका भिसा कार्ड र मोबाइल भुक्तानीमा १५% छुट


Tata
Global Ime

काठमाडौं। मुक्तिनाथ विकास बैंक र सामाखुशीमा रहेको द हिमालयन ग्रील बाई बाजेको रेष्टुरेन्टबीच व्यवसायिक सम्झौता भएको छ।

यो सम्झौतापछि बैंकका भिसा डेविट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हिमालयन ग्रीलका संचालक मौसमकुमार श्रेष्ठले नगदरहित सेवालाई प्रोत्साहन गर्न छुट दिएको बताए।

बैंकले पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटीएम कार्ड नेपालभरी भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको मेसिनबाट निःशुल्क रकम झिक्न सकिने जनाएको छ।