आजदेखि मतगणना नभएसम्म मदिरा बिक्री वितरण गर्न नपाइने, सेवन गर्नेलाई पनि कारवाही गरिने



बिजमाण्डू
२०७९ मंसिर १ गते १७:०६ | Nov 17, 2022


काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको छ।

Tata
Global Ime

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन।

जारी विज्ञप्तिमा सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

यस्तै प्रशासन कार्यालय काठमाडौँले बुधबार पनि एक विज्ञप्तिमार्फत मंसिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्तबाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी आवागमनमा रोक लगाइएको जानकारी गराएको छ।

प्रशासनले आज र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ।