काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले गतवर्षको लाभांशसहित वित्तीय प्रतिवेदन पारित गर्न वार्षिक साधारणसभा डाकेको छ।
बैंकले मंसिर २५ गते साधारणसभा डाकेको हो। सभाले गतवर्षको नाफाबाट प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश पारित गर्ने छ।
राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले साधारणसभा डाकेको हो। सभाले साधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालक चयन गर्ने छ।
बैंक पोहोर राष्ट्र बैंकको नियमविपरीत प्रिमियम बढाएर ऋणीसँग पैसा असुलेको थियो। त्यो बराबरको ४० लाख रुपैयाँ फिर्ता गरेपछि राष्ट्र बैंकबाट साधारणसभा गर्ने स्वीकृति पाएको हो।


