शंकर र सौरभ समूहको शुभश्री जगदम्बा सिमेन्टले गर्‍यो ४.२१ अर्बको व्यापार, व्यापार लयमा फर्किंदै



बिजमाण्डू
२०७९ मंसिर २ गते १२:४६ | Nov 18, 2022


शंकर र सौरभ समूहको शुभश्री जगदम्बा सिमेन्टले गर्‍यो ४.२१ अर्बको व्यापार, व्यापार लयमा फर्किंदै


काठमाडौं। शंकर समूह र सौरभ समूहको संयुक्त लगानीको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले सन् २०२१/२२ ले ४ अर्ब २१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। 

Tata
Global Ime

सिमेन्ट उत्पादन गर्ने यो कम्पनीसँग वार्षिक ८ लाख टन ग्राइन्डिङ क्षमता छ। २०२०/२१ मा कम्पनीले ४ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, २०१९/२० मा ४ अर्ब २२ करोड ७० लाख रुपैयाँ, २०१८/१९ मा ५ अर्ब ९० करोड ९० लाख रुपैयाँ र २०१७/१८ मा ५ अर्ब ५५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। 

कम्पनीमा ६० प्रतिशत स्वामित्व सौरभ समूह र ५० प्रतिशत शंकर समूहको छ। दुवै बिजनेस हाउसका सातजनाको लगानी कम्पनीमा छ।

कम्पनीले २ अर्ब १४ करोड ८० लाख रुपैयाँ बेंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुन:पुष्टि गराएको छ। ९ करोड ८० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी प्लस र २ अर्ब ५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि गरेको छ।