नेशनल हाइड्रोपावर कम्पनी ८२ करोडको हकप्रद सेयर जारी गर्ने तयारीमा, सेबोनसँग माग्यो स्वीकृति



बिजमाण्डू
२०७९ मंसिर २ गते १५:०२ | Nov 18, 2022


नेशनल हाइड्रोपावर कम्पनी ८२ करोडको हकप्रद सेयर जारी गर्ने तयारीमा, सेबोनसँग माग्यो स्वीकृति


काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ।

Tata
Global Ime

कम्पनीले कात्तिक २२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै १० बराबर ५ अनुपातमा हकप्रद सेयर जारी गर्ने जनाएको हो।

हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएपछि ८२ करोड २१ लाख बराबरको ८२ लाख २१ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री गर्ने जिम्मा मुक्तिनाथ क्यापिटलले लिएको छ।

योसँगै हकप्रदका लागि बोर्डसँग स्वीकृति माग गर्दै निवेदन दिने कम्पनीको संख्या ३ पुगेको छ।

यसअघि नारायणी डेभलपमेन्ट बैंक र अरुण काबेली पावरले बोर्डमा आवेदन दिएका छन्।