मेटा र ट्‍वीटरले कर्मचारी कटौती गर्दा टिकटकले भने थप्दै, एउटै अफिसमा हजार जना इन्जिनियर



बिजमाण्डू
२०७९ मंसिर ६ गते १०:३२ | Nov 22, 2022


मेटा र ट्‍वीटरले कर्मचारी कटौती गर्दा टिकटकले भने थप्दै, एउटै अफिसमा हजार जना इन्जिनियर


काठमाडौं। सोसल साइट मेटा, ट्‍वीटर, इ-कमर्स कम्पनी अमेजन लगायतले कर्मचारीको संख्या कटौती गरिरहँदा टिकटकले भने थप्ने योजना बनाएको छ।

Tata
Global Ime

पछिल्लो समय आर्थिक मन्दीका कारण मेटा र ट्‍वीटरले हजारभन्दा बढी कर्मचारी कटौती गरेका छन्। व्यापारमा मन्दी आएको जनाउँदै अमेजनले पनि कामदार-कर्मचारी घटाएको छ।

हाल सिलिकन भ्यालीको धेरैजसो भागहरू हायरिङ फ्रिज र जागिर कटौतीसँग जुधिरहेका छन्। तर यसैबीच सोसल मिडिया कम्पनी टिकटकले भने अझै पनि कामदारको संख्या बढाउने योजना बनाइरहेको छ।

सर्ट भिडियो निर्माण गर्ने एप टिकटकले आफ्नो माउन्टेन भ्यु अफिसमा लगभग १ हजार जना इन्जिनियर राख्ने प्रतिबद्धता जनाएको छ। यसको मूल कम्पनी वासिङटनमा रहेको बाइट डान्स हो। फेसबुक, इन्स्टाग्राम र ह्‍वाट्सएपको सञ्चालक कम्पनी मेटा र हालै इलन मस्कले खरिद गरेको ट्‍वीटरका तुलनामा टिकटकको बजार स्थिर छ।

प्राविधिक कर्मचारी थप्ने घोषणाले कम्पनी घाटामा नभएको संकेत गरेको छ। टिकटकका सीइओ शाउ जी च्युले गत साता सिंगापुरको ब्लुमबर्ग न्यू इकोनोमी फोरममा फेसबुक-माउ कम्पनी मेटा र अमेजन लगायत अन्य टेक कम्पनीहरूमा कटौतीको विषयको प्रतिक्रियामा कम्पनीले अझै पनि भर्ती गरिरहेको कुरा पुष्टि गरेका हुन्।