आइएमई जनरल इन्स्योरेन्सद्वारा ६.८४ प्रतिशत लाभांश वितरण प्रस्ताव, अघिल्लो वर्षभन्दा घट्यो



बिजमाण्डू
२०७९ मंसिर ६ गते ११:४२ | Nov 22, 2022


आइएमई जनरल इन्स्योरेन्सद्वारा ६.८४ प्रतिशत लाभांश वितरण प्रस्ताव, अघिल्लो वर्षभन्दा घट्यो



काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिने लाभांश घट्ने भएको छ। आर्थिक वर्ष २०७८/ ७९ का लागि कम्पनीले ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

Tata
Global Ime

यो अघिल्लो वर्षका तुलनामा कम हो। कम्पनीले कायम चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँको ६.५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ।

यस्तै कर प्रयोजनका लागि ०.३४  प्रतिशतले हुन आउने ५८ लाख २१ हजार रुपैयाँ नगदसहित ६.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

गत वर्ष कम्पनीले ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो। कम्पनी संचालक समितिको सोमबार भएको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष ०७८/७९ को नाफाबाट लाभांश दिने  घोषणा गरेको हो। 

लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने  कम्पनीले जनाएको छ।