रैराङलाई गाभेको रिडी पावरले बम्पर लाभांश दिँदै, हालसम्म कै उच्च ४२.१ प्रतिशत लाभांश



बिजमाण्डू
२०७९ मंसिर ६ गते २०:२९ | Nov 22, 2022


काठमाडौं। रैराङ हाइड्रोपावरलाई गाभे लगत्तै रिडी पावर कम्पनीले सेयरधनीलाई बम्पर लाभांश दिने भएको छ। कम्पनीले हालसम्म कै सर्वाधिक लाभांश घोषणा गरेको हो।

Tata
Global Ime

सञ्चालक समितिले गत आर्थिक वर्षका लागि ४२.१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमध्ये ४० प्रतिशत बोनस सेयर दिने निर्णय गरिएको हो। बाँकी २.१ प्रतिशत कर प्रयोजनलाई छुट्याइएको छ।

रैराङलाई ९६ रुपैयाँमा किनेको रिडीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ पुगिसकेको छ। थप ४० प्रतिशत बोनस थपिँदा चुक्ता पुँजी एक ५४ करोड रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश नियामक विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट अनुमोदनपछि सेयरधनीले पाउनेछन्। हाल कम्पनीको सेयर प्रति कित्ता ५१३ रुपैयाँमा किनबेच हुँदैछ।