मेयरपछि राप्रपाका धवल शम्शेरको संसदमा इन्ट्री, जसपाका मोहम्मद इस्तियाक राई दोस्रो बने



बिजमाण्डू
२०७९ मंसिर ७ गते ०८:५० | Nov 23, 2022


मेयरपछि राप्रपाका धवल शम्शेरको संसदमा इन्ट्री, जसपाका मोहम्मद इस्तियाक राई दोस्रो बने


काठमाडौं। बाँके-२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा निर्वाचित भएका छन्।

Tata
Global Ime

एमाले-राप्रपा गठबन्धनका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे। नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो बने। नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो। क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए।

बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी भए। जनता समाजवादी पार्टी(जसपा) नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले-राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन्। भण्डारीलाल दुई हजार दुई सय मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गर्दा एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाए। कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाए।  बाँके २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो। त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो।

बाँके २(२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी भए। निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।