सिमेन्टको माग ४०% ले घट्यो, अटोबजार ८०% ले कम, सीएनआई अध्यक्षले भने-‘व्यवसायी अत्तालिएका छन्’



बिजमाण्डू
२०७९ मंसिर ७ गते ०९:४९ | Nov 23, 2022


काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) अध्यक्ष विष्णु अग्रवालले मागमा आएको संकुचनले व्यवसायीहरु अत्तालिएको बताएका छन्।

Tata
Global Ime

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बजारमा माग ह्‍वात्तै घट्नु निकै चुनौतीपूर्ण भएको बताए। उनका अनुसार सीएनआईले बजार मागको सम्बन्धमा सर्वेक्षण समेत गरेको थियो।

उक्त सर्वेक्षणले बजारमा माग ३० प्रतिशतले घटेको देखाएको छ। यसले भविष्यमा गरिने व्यवसायीहरुको लगानी सोचलाई समेत स्थगित गरिदिएको उनको भनाइ छ। 

सर्वेक्षण अनुसार सिमेन्ट उद्योगको मागमा ४० प्रतिशत गिरावट आएको छ भने अटोमोबाइल बजारमा ८० प्रतिशत कमी आएको छ। जसले गर्दा राजस्वमा समेत कमी आएको छ। यो अवस्थालाई सहजतामा ल्याउनुपर्ने अग्रवालको भनाइ छ।

'व्यवसायीको आत्मविश्वासमा कमी आएको छ। सेयर बजार र घर जग्गालाई नियन्त्रणमा लिने जुन योजना बनेको छ। त्यो योजनाले काम गरेको छैन,' उनले भने,'सरकारले ग्रे मार्केटबाट हुने कारोबारलाई नियन्त्रण गर्न नसकेकोमा दु:ख लागेको छ।'