पुष्पलाल मध्यपहाडी राजमार्गका ९ सडकको ठेक्का तोडिदै, ‘१५ दिनभित्र कारण पेस गर्नू’



बिजमाण्डू
२०७९ मंसिर ७ गते ०९:५७ | Nov 23, 2022


काठमाडौं। पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमले विभिन्न ९ वटा सडक खण्डको ठेक्का तोड्ने तयारी थालेको छ। योजना कार्यालय फिदिमले बुधबार एक सूचना जारी गर्दै सम्बद्ध निर्माण कम्पनीलाई ठेक्का नतोड्ने कारण भए पेस गर्न निर्देशन दिएको छ।

Tata
Global Ime

यसमा जिम्मा लिएर लामो समयसम्म काम अलपत्र पार्ने कम्पनीहरुसँग ठेक्का तोड्न लागिएको योजना कार्यलयले जनाएको छ। यसमा पनि काम नै नगर्ने भारत-मैनाचुली-सिद्धि साई जेभीले दुई खण्डको सडक निर्माण कार्य अलपत्र पारेको छ। यस्तै मैनाचुली सिद्धि साई जेभी र कन्टेक गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले दुई वटा सडकखण्डको काम अलपत्र पारेका छन्।

यसैगरी रोशन शिवशक्ति जेभी, सन्तोषी शिवशक्ति जेभी, रोशन शिवशक्ति जेभी, एमएस बिरुवा गल्वा जेभी र एमएस रौतहा सन्तोषी बिरुवा जेभीले ५ वटा खण्डको सडक निर्माणको काम समयमा सकेका छैनन्।

योजना कार्यालय फिदिमले यी निर्माण कम्पनीसँग ठेक्का तोड्न प्रक्रिया अगाडि बढाएको छ। योजना कार्यालयका अनुसार यी निर्माण कम्पनीलाई स्पष्टिकरण पेस गर्न १५ दिनको समय दिइएको छ। तर यस समयावधिमा चित्तबुझ्दो जवाफ नआएमा ठेक्का तोडिने योजनाले जनाएको छ।