रिडी पावरको कारोबार नेप्सेले रोक्यो, सेयर मूल्यमा चलखेल गर्न कारोबार समयमा लाभांश घोषणा आरोप



बिजमाण्डू
२०७९ मंसिर ७ गते ११:५६ | Nov 23, 2022


रिडी पावरको कारोबार नेप्सेले रोक्यो, सेयर मूल्यमा चलखेल गर्न कारोबार समयमा लाभांश घोषणा आरोप


काठमाडौं। रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गर्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले स्पष्टीकरण सोधेको छ। सेयरको मूल्यमा चलखेल गर्न कम्पनीले बदमासी गरेको आरोपमा नेप्सेले कारोबार रोक्का गरिदिएको हो।

Tata
Global Ime

नेप्सेले बुधबार सूचना जारी गर्दै कारोबार समयभित्रै संचालक समितिको बैठक बसेर लाभांश घोषणा गर्दै धितोपत्रको मूल्यमा प्रभाव पारेको जनाएको छ।

कम्पनीले गत मंगलबार सेयर कारोबार भइरहेकै समयमा अर्थात बिहान ११ बजे बोर्डको बैठक राखी गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाइ ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।

तर कम्पनीले उक्त जानकारी सोही दिनको ३:५५ मा मात्र नेप्सेमा गराएको थियो। तसर्थ कम्पनीले के कारणले नेप्सेको कारोबार समयभित्र संचालक समितिको बैठक बसेर लाभांशको प्रस्ताव गरेको हो ? के कारणले समयमा नै जानकारी नदिएको हो ? भन्दै कम्पनीसँग नेप्सेले स्पष्टीकरण समेत माग गरेको छ।

कम्पनीले नेप्सेलाई कारण खुलाइ तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुपर्ने छ।