
काठमाडौं। राजस्व सचिव रामेश्वर दंगालले व्यवसायीसँग थप लाभ लिने गरी काम गर्न नहुने बताएका छन्। व्यवसायीहरुको काम गर्दा कर्मचारीले थप लाभको आश गर्न नहुने सचिव दंगालले तर्क गरेका छ्न्।
धेरै कर तिर्ने १५ करदाता सम्मान कार्यक्रममा सचिव दंगालले व्यवसायीहरुको काम गर्दा लाभको आश नगर्न पनि भने। कुनै व्यापारी व्यवसायीले यस्तो गुनासो गरे सिधै कारबाही गर्न समेत पछि नपर्ने उनको भनाई छ।
उनले भने ‘व्यवसायीको काम निस्वार्थ रुपमा कर्मचारीले गर्नुपर्छ, व्यावसायीले मलाई सिधै गुनासो गरे सो कर्मचारी माथी कारवाही समेत गर्छौं।’
राजस्वमा यो वर्ष केही समस्या रहेकोले जस्तोसुकै त्याग गर्न निजी क्षेत्रलाई आग्रह गरे। बाह्य क्षे सुधार गर्नका लागि लगाईएको प्रतिबन्धले राजस्वमा केही समस्या देखिएको उनले बताए । कर प्रणालीमा सुधारको प्रयास भैरहेको उनको भनाई छ।