मर्जरको क्रममा रोक्का रहेका आरएमडीसी र साना किसान लघुवित्तको सेयर कारोबार फुकुवा



बिजमाण्डू
२०७९ मंसिर ७ गते १७:३० | Nov 23, 2022


मर्जरको क्रममा रोक्का रहेका आरएमडीसी र साना किसान लघुवित्तको सेयर कारोबार फुकुवा


काठमाडौं। एक आपसमा गाभ्ने तथा गाभिने सम्झौता भएपछि कारोबार रोक्का गरेका दुई लघुवित्तको सेयर कारोबार बुधबार फुकुवा भएको छ।

Tata
Global Ime

नेप्सेका अनुसार एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धी प्रक्रियामा रहेका आरएमडीसी लघुवित्त र साना किसान लघुवित्तको सेयर कारोबार मंसिर ७ गतेको निर्णय अनुसार फुकुवा भएको हो।

नेप्सेका अनुसार संस्थापक सेयरधनी बाहेकको सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी फुकुवा भएको हो। यी दुई लघुवित्तबीच गत भदौ ३१ गते गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको थियो।

सो दिन आरएमडीसी लघुवित्तको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००:८७) कायम हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम गरी प्रारम्भिक सम्झौता गरिएको हो।