एभरेष्ट होटलमा विश्वकप लक्षित योजना, गोर्खा बारमा दुई हजार रुपैयाँमै खानासहित हेर्न सकिने



बिजमाण्डू
२०७९ मंसिर ८ गते ११:२२ | Nov 24, 2022


एभरेष्ट होटलमा विश्वकप लक्षित योजना, गोर्खा बारमा दुई हजार रुपैयाँमै खानासहित हेर्न सकिने


काठमाडौं। एभरेष्ट होटलले विश्वकप फुटबललाई लक्षित गर्दै खानासहितको योजना ल्याएको छ। हाल कतारमा आयोजना भइरहेको विश्वकपलाई मध्यनजर गर्दै होटलले आफ्नो गोर्खा बारमा न्यूनतम दुई हजार रुपैयाँमै फुड एण्ड बेभरेज योजना ल्याएको महाप्रवन्धक आशिष चलुले बताए।

Tata
Global Ime

'ठूलो स्क्रिनमा विश्वकप हेर्न चाहने फुटबल प्रेमीलाई मध्यनजर गर्दै हामीले यो योजना ल्याएका हौं,' उनले भने, 'एक्सपेरियन्स लाइभ अन अ जायन्ट स्क्रिन' नाम दिइएको यो योजना अन्तर्गत पाहुनाले न्यूनतम दुई हजार रुपैयाँदेखि साढे  ४ हजार रुपैयाँमा विभिन्न खाना पाउनुहुनेछ।' 

उनका अनुसारयो योजना अन्तर्गत दुई हजार, तीन हजार र साढे ४ हजार रुपैयाँको प्याकेजमा पाहुनाले स्न्याक्स सहित क्रमशः तीनवटा, छ वटा र १२ वटा बडवाइजर वियर लिन सक्नेछन्।

बुगल्स एण्ड गिगर गोर्खा बारमा यो योजना लागु हुने होटलले जनाएको छ।