निर्वाचित हुनासाथ रवि लामिछानेले भने : म जाँच दिन जाँदै छु, फूलमाला अबिर नल्याउनु



बिजमाण्डू
२०७९ मंसिर ८ गते १३:३० | Nov 24, 2022


निर्वाचित हुनासाथ रवि लामिछानेले भने : म जाँच दिन जाँदै छु, फूलमाला अबिर नल्याउनु


काठमाडौं। चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्। लामिछाने ३४ हजार २६४ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

Tata
Global Ime

लामिछानेले ४९ हजार दुई सय ६१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरे। सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे।

यस क्षेत्रमा ८३ हजार ९५६ मत खसेको थियो जसमा ३ हजार २५० बदर भएको थियो। लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन्।

म जाँच दिन जाँदैछु

निर्वाचित हुनसाथ लामिछानेले आफू जनतालाई जिताउन जाँच दिन जान लागेको प्रतिक्रिया दिएका छन्। ‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनुमात्र हो। म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछिमात्र आउँछ,’ फेसबुकमा उनले भनेका छन्, ‘म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।‘

विजय र्‍याली भन्दा पनि आफू धन्यवाद सभा गर्ने र त्यहाँ फूलमाला नल्याउन उनले आग्रह गरेका छन्। ‘म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०-  गेस्ट हाउस चौरमा, भोलि ११ बजे  इक्छा कामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमपुर कालिकामा  ‘धन्यवाद सभा’ गर्दैछु,’ उनले भनेका छन्, ‘एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।‘