समानुपातिकतर्फ नेकपा एमालेले कटायो ५ लाख, दोस्रोमा कांग्रेस, तेस्रोमा स्वतन्त्र पार्टी



बिजमाण्डू
२०७९ मंसिर ८ गते १५:४० | Nov 24, 2022


काठमाडौं। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ।

Tata
Global Ime

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार ८३२ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको छ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या दुई लाख ८६ हजार २१६ रहेको छ।

यस्तै, नेकपा (माओवादी केन्द्र)को दुई लाख ५७ हजार ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५४ हजार दुई सय ३१, जनता समाजवादी पार्टी नेपालको ६६ हजार छ सय ८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार दुई सय ३६, जनमत पार्टीको ४५ हजार छ सय ४१, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी)को ३६ हजार ४०७, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार ८८६, हाम्रो नेपाली पार्टीको २१ हजार ७३० मत रहेको निर्वाचन आयोगले जनाएको छ।