उद्यम गर्न चाहनेलाई प्रोत्साहन गर्दै मुक्तिनाथ, कफी मेसिन किन्न विना धितो ऋण



बिजमाण्डू
२०७९ मंसिर ९ गते ११:१५ | Nov 25, 2022


उद्यम गर्न चाहनेलाई प्रोत्साहन गर्दै मुक्तिनाथ, कफी मेसिन किन्न विना धितो ऋण


काठमाडौं। साना उद्यमीलाई प्रोत्साहन गर्दै आएको मुक्तिनाथ विकास बैंकले कफी व्यवसाय संचालन गर्न चाहनेलाई व्यवसायिक कर्जा दिने भएको छ।

Tata
Global Ime

कफी व्यवसायमा आउन चाहनेलाई प्रोत्साहन गर्न कफी मेसिन किन्न विना धितो ऋण दिने भएको छ। यसका लागि बैंकले पुतलीसडकमा रहेको कफी सोलुसनसँग सम्झौता गरेको छ।

यो कम्पनीले दैनिक जीविकोपार्जन गर्न कठिन भएका व्यक्तिलाई कफीको दाना छान्ने, पिँध्ने, प्याकिङ गर्ने लगायतको तालिम दिँदै व्यवसायमा लाग्न प्रेरित गर्दै आएको छ। बैंकका अनुसार कम्पनीले कफी व्यवसाय संचालन गर्न इच्छुक व्यक्ति छनोट गरेर तालिम दिनेछ। तालिम पाएकालाई सशुल्क कफी मेसिन दिने र मेसिनको लागतको ५० प्रतिशत बराबरको रकम विना धितो मुक्तिनाथले ऋण दिनेछ।

ती व्यक्तिले व्यवसायबाट आर्जन गरेर मासिक किस्ता तिर्नसक्ने व्यवस्था गरेको बैंकले जिकिर गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले उद्यमशीलता विकासका लागि बैंकले पहल थालेको बताए। कफी सोलुसनका हरि रायमाझीले बैंकले न्यून आय भएका उद्यम गर्न चाहनेलाई प्रोत्साहन गरेको बताए।