३१ करोड खर्चेर क्याम्प साइट बनाउँदै जगदुल्ला हाइड्रोपावर, शेर्पा हाइड्रोले पायो ठेक्का 



बिजमाण्डू
२०७९ मंसिर ९ गते १४:१० | Nov 25, 2022


३१ करोड खर्चेर क्याम्प साइट बनाउँदै जगदुल्ला हाइड्रोपावर, शेर्पा हाइड्रोले पायो ठेक्का 


काठमाडौं। जगदुल्ला हाइड्रोपावर लिमिटेडले  ३१ करोड १४  रुपैयाँ खर्चेर साइट क्याम्प बनाउने भएको छ। साइट क्याम्प बनाउने जिम्मा शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि,बौद्धले पाएको छ। १५ नोभेम्बरमा खोलिएको आर्थिक प्रस्तावमा शेर्पा कन्स्ट्रक्सन छनोट भएको हो। 

Tata
Global Ime

प्राविधिक प्रस्तावमा शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालि, ओम बुद्ध इन्जिनियरिङ प्रालि, क्याराभन/बंगलामुखी जेभी पनि पास भएका थिए। तीनवटा कम्पनीलाई पछि पार्दै शेर्पा हाइड्रोले ठेक्का हात पारेको हो। 

यो ठेक्काअन्तर्गत तीन तल्लाको अफिस भवन (१६७० स्क्वायर फिट), जुनियर स्टाफहरुका  लागि २ वटा आवास भवन, दुइवटा चमेना गृह, सिनियर स्टाफका लागि चारवटा टाइप बी बिल्डिङ,गार्ड हाउस, क्लिनिक फिटनेस सेन्टर  निर्माण गर्नुपर्नेछ। त्यसै गरी क्याम्पभित्र स्यानिटरी, वरिपरि पर्खाल बनाउने, सडक बनाउने लगायतका कामहरु समेत गर्नुपर्नेछ।  साइट क्याम्पको काम एक बर्षमा सम्पन्न गर्ने लक्ष्य छ।

डोल्पाको जगदुल्ला नदीमा पहिचान भएको अर्धजलाशययुक्त  १०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि पूर्व तयारीका कामहरु चलिरहेको छ। सोही कार्य अन्तर्गत साइट क्याम्प निर्माण गर्न लागिएको हो।

आयोजनाको विद्युत खरिद बिक्री सक्झौता(पीपीए) भने भएको छैन। पीपीए भएपछि फाइनान्सियल क्लोजर गर्ने योजना छ। पीपीएका लागि विद्युत प्राधिकरण समक्ष आवेदन दिएको छ। एक वर्षमा पूर्व तयारीका काम सकेर ४ वर्षमा उत्पादन थाल्ने गरी कार्ययोजना बनाइएको छ। आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।