नबिल बैंकको संस्थापक सेयर बिक्रीमा, एक लाख कित्ता शेयर किन्न संस्थापकलाई नै प्राथमिकता



बिजमाण्डू
२०७९ मंसिर ११ गते ०९:२५ | Nov 27, 2022


नबिल बैंकको संस्थापक सेयर बिक्रीमा, एक लाख कित्ता शेयर किन्न संस्थापकलाई नै प्राथमिकता


Tata
Global Ime

काठमाडौं। नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ।

बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको एक लाख कित्ता सेयर बिक्री आव्हान गरेको हो।

बैंकले उक्त सेयर खरिदका लागि पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरुलाई राखेको छ। खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ। 

आवेदन फाराम बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

तोकेको म्यादभित्र संस्थापक सेयरधनीहरुले खरिद गर्न चाहेको कित्ता संख्या र आशय मूल्य सहित विवेदन बुझाउनु पर्नेछ। विद्यमान संस्थापकबाट आवेदन नआए सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले उल्लेख गरेको छ।