नबिलको सहायक मर्चेन्ट बैंकले पनि नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने, २७ रुपैयाँमा किन्ने तयारी



बिजमाण्डू
२०७९ मंसिर ११ गते ०९:४९ | Nov 27, 2022


नबिलको सहायक मर्चेन्ट बैंकले पनि नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने, २७ रुपैयाँमा किन्ने तयारी


काठमाडौं। नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंकको सहायक मर्चेन्ट बैंकले पनि नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने तयारी गरेको छ।

Tata
Global Ime

नबिल इनभेष्टमेन्ट बैंकिङले प्रति कित्ता २७ रुपैयाँमा नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने जनाएको छ। नबिल बैंकले भने ४३ रुपैयाँको दरमा नेपाल बंगलादेश बैंकलाई प्रप्ति गरेको थियो। नेपाल बंगलादेश क्यापिटलमा शतप्रतिशत नेपाल बंगलादेश बैंकको सेयर स्वामित्त्व छ।

नबिल इन्भेष्टमेन्टले प्राप्तिको प्रस्ताव पारित गर्न विशेष साधारणसभा समेत आह्‍वान गरिसकेको छ। साधारणसभा मंसिर १८ गते हुँदैछ। नेपाल बंगलादेश क्यापिटलले पनि सोही मितिमा नबिल इनभेष्टमेन्टमा गाभिने हुने एजेन्डासहित विशेष साधारणसभा डाकेको हो।

सभाले डीडीएद्वारा तय भएको स्वाप रेसियो, पुँजी वृद्धि लगायतका प्रस्ताव उपर छलफल गर्नेछ। अन्तिम स्वीकृतिको लागि धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यलयमा निवेदन दिने लगायत प्रस्ताव पनि सभामा लगिँदैछ।