कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ११ महिनायताकै सबैभन्दा सस्तो, प्रति ब्यारेल ७७ डलरमा



बिजमाण्डू
२०७९ मंसिर ११ गते ०९:५८ | Nov 27, 2022


कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ११ महिनायताकै सबैभन्दा सस्तो, प्रति ब्यारेल ७७ डलरमा


काठमाडौं। कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ११ महिना यताकै सबैभन्दा सस्तो भएको छ। य्रुक्रेन र रुसबीच युद्ध सुरु भएपछि लगातार बढिरहेको कच्चा तेल एक समय प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो। जनवरीदेखि यति कम मूल्यमा कच्चा तेलको कारोबार भएको यो पहिलो पटक हो।

Tata
Global Ime

हाल ब्रेन्ड क्रुडको प्रतिब्यारल ८३ डलर र डब्ल्युटीआईको प्रतिब्यारल ७६ डलरमा कारोबार भइरहेको छ। यो एक हप्ताको अवधिमा कच्चा तेलको मूल्य प्रति ब्यारल लगभग ५ प्रतिशतले घटेको छ।

यस्तै ११ महिना अगाडि कच्चा तेलको मूल्य यही दरमा कारोबार भएको थियो। विश्लेषकहरूले विश्व आर्थिक मन्दीको चिन्ता र आकाशिएको अमेरिकी डलरको मूल्य तेलको मूल्य घटाउने मुख्य कारण रहेको दाबी गरेका छन्। बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउँछ।

यस्तै पछिल्लो समय चीनमा कोरानाका कारण लकडाउन भइरहेको छ। उक्त लकडाउनका कारण तेलको मागमा कमी आएको छ। माग कम भएपछि स्वाभाविक रुपमा तेलको मूल्य घट्ने गर्दछ। यस्तै एक महिना अगाडि तेल उत्पादन तथा आपूर्तिकर्ताको समूह ओपेक प्लसले उत्पादन कटौती गर्ने युरोपियन संघ जी-७ ले डिसेम्बरदेखि रुसी तेलको मूल्यमा मूल्य क्याप लगाउने निर्णय गरेका थिए। यसको प्रभावले पनि पछिल्लो समय तेलको मूल्यमा गिरावन आउन थालेको जनाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटले नेपालको अर्थतन्त्रमा सकारत्मक असर गर्नेछ। यसले आगामी दिनमा भारतले पठाउने तेलको मूल्य पनि कम भएर आउने गर्छ। भारतबाट तेलको मूल्य घटेर आएपछि नेपाल आयात निगमको घाटा र व्यापार घाटा दुवै कम हुने गर्दछ।