बुद्ध एयरबाट विराटनगर जान लागेका भारतीयको साथमा १३ लाख ८९ हजार, स्रोत नखुल्दा हिरासतमा



बिजमाण्डू
२०७९ मंसिर ११ गते १३:२७ | Nov 27, 2022


काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Tata
Global Ime

विमानस्थलको आन्तरिक उडानतर्फबाट स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।

बुद्ध एयरको उडानबाट विराटनगर जान लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४८४ थान र ५०० दरको १ हजार ८१० थान समेत गरि जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित फेला पारी उनलाई  पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।