एकाबिहानैको हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित, हिमालय र एनएसीको जहाज होल्डमा



बिजमाण्डू
२०७९ मंसिर १२ गते ०९:३० | Nov 28, 2022


काठमाडौं । मौसमी प्रतिकुलताका कारण सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि आन्तरिक र अन्तर्राष्ट्रियतर्फको नियमित उडान प्रभावित भएको छ।

Tata
Global Ime

आइएफआर अन्तर्गत २००० मिटर भिजिब्लिटी कायम भएपछि तीन घण्टापछि विमानस्थल संचालनमा आएको महाप्रवन्धक प्रेम नाथ ठाकुरले बताए। 'आज बिहानै देखि हुस्सु लागेका कारण बिमानस्थमा हुँदै आएको सबै उडान ठप्प भएको थियो। अहिले भर्खर भिजिब्लिटी देखिएको छ। अब उडान नियमित हुनेछन्।' महा प्रबन्धक ठाकुरले भने।

विमानस्थलमा दुवैतर्फको उडान अवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। उनका अनुसार मौसमी प्रतिकुलताका कारण आन्तरिकतर्फको सबै उडान ठप्प भएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौं अवतरण हुन लागेको हिमालय र नेपाल वायुसेवा निगमको जहाज होल्डमै रहेको छ।

यी जहाज केही छिनमै अवतरण हुने उनले जानकारी दिए। यतिखेर कुवेत एयर भने मौसम खुले लगत्तै उडान गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

बिहानैदेखि उडान प्रभावित भएसँगै आज दिनभरीको उडानमा ढिलाइ हुने विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार आज आन्तरिक तर्फ ३२० र अन्तर्राष्ट्रिय तर्फ ८० वटा उडान अवतरण तालिका रहेको छ।