
काठमाडौं। काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फाष्ट-ट्रयाक) सडक आयोजनाले करारमा इन्जिनियरहरु माग गरेको छ।
आयोजनाले सोमबार सूचना जारी गर्दै ४ जनाको संख्यामा हाइवे इन्जिनियरदेखि ब्रिज डिजाइन इन्जिनियर र टनेल इन्जिनियरहरु करारमा माग गरेको हो। आवेदन दिन योग्यता पुग्ने इच्छुकले सूचना जारी भएको १५ दिनभित्र सबै रित पुर्याएर फाराम भर्न सक्नेछन्।
आयोजनाले हाइवे इन्जिनियरका लागि आवेदन दिनेहरुले हाइवे तथा ट्रान्स्पोर्टेसनमा स्नातकोत्तर हुनुपर्ने उल्लेख गरेको छ। यही फिल्डमा काम गरेको अनुभव १० वर्षको हुनुपर्ने आयोजनाले जनाएको छ।
यस्तै आयोजनाले ब्रिज डिजाइनरका लागि २ जना इन्जिनियर माग गरेको छ। यसका लागि ब्रिज र स्ट्रक्चर इन्जिनियरिङमा स्नातकोत्तर गरेको हुनुपर्ने योग्यता तोकेको छ। साथै १० वर्षको अनुभव आवश्यक पर्छ।
यसैगरी टनेल इन्जिनियरिङको पदमा आवेदन दिन टनेल तथा जियोटेक्निकलमा स्नातकोत्तर गरेको हुनुपर्ने आयोजनले जनाएको छ। यसमा पनि १० वर्षको अनुभव आवश्यक पर्छ।
आयोजनाले सुरुङमार्ग, पुल र सडक निर्माणका लागि आवश्यक इन्जिनियरहरु माग गरिएको जनाएको छ।