मर्जरको क्रममा रहेका दुई कम्पनीको सेयर कारोबार फुकुवा, मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने



बिजमाण्डू
२०७९ मंसिर १२ गते १६:४५ | Nov 28, 2022


काठमाडौं। गाभ्ने/गाभिने (मर्जर) प्रक्रियामा रहेका दुई कम्पनीको सेयर कारोबार सोमबारदेखि फुकुवा भएको छ।

Tata
Global Ime

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनी र एनसीसी बैंकको सेयर कारोबार फुकुवा भएको हो।

नेप्सेका अनुसार यी दुई बैंकको संस्थापक सेयर बाहेकको सेयर कारोबार मंसिर १२ गतेको निर्णय अनुसार फुकुवा भएको हो।

यी दुई कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनीसंग मर्जरको क्रममा छ भने एनसीसी बैंक कुमारी बैंकसंग मर्जरको क्रममा रहेको छ।

फुकुवा भएका यी कम्पनीको मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने बताइएको छ।